१० पुस २०८२, बिहिबार | December 25, 2025

आज नेपाल र बंगलादेशबीच दोस्रो मैत्रीपूर्ण खेल हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्न लागेको छ । नेपाली टोलीले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल अपराह्न ५ बजे हुने नेपाल फुटबल संघले जनाएको छ । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ…