९ पुस २०८२, बुधबार | December 24, 2025

टाइफुन वुटिप नजिकिँदै जाँदा चीनको हाइनानमा दशौँ हजारलाई सुरक्षित स्थानमा सारियो

चीन । यस वर्षको पहिलो टाइफुन, टाइफुन वुटिप नजिकिँदै गर्दा दक्षिण चीनको हाइनान प्रान्तमा दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । बिहीबार बिहानसम्ममा यस प्रान्तले निर्माण स्थलहरू, तल्लो बाढी प्रभावित क्षेत्रहरू र आकस्मिक बाढीको जोखिममा रहेका क्षेत्रहरूबाट कुल १६ हजार पाँच सय ६१ मानिसलाई खाली गराएको थियो । प्रान्तका सबै ३० हजार सात सय…