१० पुस २०८२, बिहिबार | December 26, 2025

नागढुङ्गा–नौबिसे सडकखण्ड ६ घण्टापछि सञ्चालनमा

काठमाडौं । अविरल वर्षापछि खसेको पहिराका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो । पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी…