७ आश्विन २०८३, बुधबार | September 23, 2026

छठका लागि बेहुली झै सिंगारिदै पोखरी



सप्तरी । छठ पर्वका लागि सप्तरीका पोखरीहरू बेहुली झै सिंगारिदै छ । तराई मधेसमा श्रद्धा र भक्तिको साथ चार दिन मनाईने छठ पर्वका लागि पोखरीको घाटहरू सरसफाइ गरेर बेहुली जस्तै श्रृङ्गारिदै छ ।

छठ पर्वका लागि भाई टिकाको भोलिपल्ट देखि नै आफ्नो पायक पर्ने पोखरी ,तलाउ ,नदि लगायत स्थानहरू सफा सुग्घर गरेर श्रृङ्गार्न व्यस्त रहेको राजविराज ७ की बबिता साहले बताईन् ।

उनले भनिन् ,´पोखरी तलाउ सफा गर्ने नैसमय नै वर्षको एक पटक छठ पर्वको समय नै हो।यति बेला यसलाई सफा गरेर चिटिक्क पारिन्छ ।
छठमा सामान राख्ने स्थल आ आफ्नो घाटलाई बेहुली झै सिंगार्ने चलन छ। घाँटक‍ो तयारी अन्तिम चरणमा पुगेको राजविराज ७ का प्रकाश साहले बताए ।

उनले थपे,´  आज बेलुकी उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने हुनाले २ बजेसम्म सबैको घाँट बनाउने काम सम्पन्न हुन्छ ।
गत वर्ष कोभिड १९ कोरोना भाईरसका कारण घर घरमै खाल्डो खनी,आरीमा छठ पर्व मनाएका थिए ।
यस वर्ष पुनः पोखरी सामुहिक रूपमा छठ पर्व गर्न पाउँदा सर्वसाधारण हर्षित छन् ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  ९ : २५ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११