काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको आदेश, कतिपय पत्रकारले प्रयोग गरेको सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पक्राउ पूर्जीबारे आएका विषयवस्तुप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै यस विषयमा सुक्ष्म अध्ययन र सम्बद्ध निकायसँग छलफल गरिरहेको जानकारी दिएको छ ।…