काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ । नेता नेपालले एकदुई दिनमै नयाँ दल दर्ताको तयारी गरेका छन । नयाँ दल दर्ताका लागि विधान, राजनीतिक प्रतिवेदन, तथा…