२० श्रावण २०८३, बुधबार | August 6, 2026

मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दीमाः नेता गिरी



बुटवल । एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले मुलुकका सबै शक्ति एमालेविरुद्ध घेरावन्दी गर्नमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

सभामुखको भूमिकाका कारण एमालेले निश्चित उद्देश्यका साथ संसदमा अवरोध जारी राखेको तर यसको दोष पनि एमालेमाथि थोपर्न खोजिएको भन्दै उनले सञ्चारकर्मीहरुलाई तथ्यमा रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

प्रेस चौतारी नेपाल रुपन्देहीद्वारा बिहीबार बुटवलमा आयोजित नयाँ कार्यसमितिको पदस्थापन तथा सम्मान कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका पूर्वमन्त्री समेत रहेका गिरीले यस्तो बताएका हुन् ।

उनले राष्ट्रियताका मुद्दामा एकतावद्ध भएर कलम चलाउन सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे । नेता गिरीले राजनीतिक आस्थाका आधारमा कलम चलाउने भन्दा पनि सही र रचनात्मक आलोचनामा केन्द्रित रहेर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले आगामी तीनै तहको निर्वाचनमा जुनसुकै गठबन्धनलाई पराजित गर्ने तागत एमालेसँग रहेको भन्दै पार्टी अव निर्वाचनमा केन्द्रित भएको बताए ।

एमाले केन्द्रीय सदस्य तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले मुलुकको विषम परिस्थितिमा सञ्चारकर्मीहरुको काँधमा गहन जिम्मेवारी र दायित्व आएको बताउँदै राजनीतिलाई सही दिशामा अघि बढाउनेतर्फ भूमिका खेल्न आग्रह गरे । उनले बुटवल उपमहानगरपालिकाले थुप्रै विकासका योजना कार्यान्वयनमा ल्याइसकेको बताए ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले संगठनलाई एकतावद्ध बनाएर विद्यमान चुनौतीलाई आत्मसाथ गर्ने गरी अघि बढ्न प्रेस चौतारीको नयाँ कार्यसमितिलाई शुभकामना दिए । एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख हितराज पन्थीले सञ्चारकर्मीहरुसँग पार्टीले सहकार्य गरी अघि बढ्ने बताउँदै जिम्मेवार भएर कलम चलाउन आग्रह गरे ।

कार्यक्रममा अध्यक्ष अमृत गिरीले नवनिर्वाचित अध्यक्ष लक्ष्मण पौडेललाई पदहस्तान्तरण गर्दै संगठनको माइन्यूट प्रदान गरेका थिए ।

त्यस अवसरमा प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली र पत्रकार डिआर घिमिरेलाई अग्रज पत्रकारको रुपमा सम्मान गरिएको थियो । त्यस्तै पत्रकारहरु विरेन्द्र मिश्रा, कृष्ण मल्ल र अरुण ज्ञवालीलाई दुर्गा खनाल स्मृती पत्रकारिता पुरस्कार तथा दिनेश श्रेष्ठ, शशि पन्थी र विष्णु खत्रीलाई प्रेस चौतारी युवा प्रोत्साहन पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १० : ३६ बजे

बाँकेमा पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर

प्रमुख जिल्ला अधिकारी तामाङबाट क्यान्सर अस्पतालको अनुगमन निरीक्षण

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले खजुरा स्थित

फिर्के खोलाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन

गण्डकी । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना आगामी

‘कश्मीरको राजनीतिक भविष्य’बारे पाकिस्तानी दूतावासमा अन्तरक्रिया

काठमाडौं । काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘कश्मीरको राजनीतिक भविष्य’बारे अन्तरक्रिया कार्यक्रम

तीन अन्तरराष्ट्रिय मानवअधिकारवादी संस्थालाई स्पष्टीकरण सोध्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालको न्यायालयको