२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादीभित्रको अन्तर्बिरोधलाई अतिरञ्जित ढङगले नबुझ्न नारायणकाजीको आग्रह



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको मतभेदलाई अतिरञ्जित ढङगले नबुझ्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाबाट एमसीसी पारित भएसँगै उनी रुष्ट बनेका थिए । श्रेष्ठले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने बताउँदै आए पनि पार्टीले व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय गरेको थियो । उनी पक्षधरले बिरोध गर्न थालेसँगै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी छाडेर गए पनि फरक नपर्ने खालको अभिव्यति दिएपछि माओवादीमा विवाद चुलिएको थियो । तर नेता श्रेष्ठले भने सञ्चारमाध्यमा विभिन्न ढंगले प्रचार भइरहेको भन्दै त्यसो नगर्न आग्रह गरेका छन् ।

‘हाम्रो पार्टी भित्र देखिएको मतभेद र अन्तर्बिरोध लाई लिएर बिभिन्न सञ्चार माध्यम मार्फत बिभिन्न ढङ्गले प्रचार भैरहेको सम्बन्धमा बिषयलाई अतिरञ्जित ढङगले नबुझ्न सबैसंग अनुरोध गर्दछ,’ बिहीबार साँझ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अध्यक्ष प्रचण्ड र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरुसँग पनि छलफल भैरहेको छ ।’

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : २५ बजे

महीलाई प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपुर । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सवारीसाधन दुर्घटनामा मृत्यु

सुनसरी । कोशी गाउँपालिका-८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन

‘बालेनको पुलिस होइन’ भन्ने डीएसपी चौधरी सोधपुछका लागि जिल्ला तानिए

धनगढी । कैलालीमा सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौं’ भन्ने

गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन

लमजुङ । कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर