१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

कमल थापाले विगतका त्रुटि नदोहोर्‍याउने



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि, कमीकमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।

सो अवसरमा राप्रपा नेपालले कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल गठनको घोषणा गरिएको छ ।

कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल , दिपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् भने सह-महासचिव तेज कार्की र समीर थापा, सचिव सरोज तिमल्सिना,अस्मिता बम, कमल सुनार, शिवराम घिमिरे, आर्यन पाण्डे र प्रवक्तामा त्रिविक्रम सिंह छन् भने सह(सचिवमा विशाल राउत, सम्पदा अधिकारी र सन्दीप खड्का रहेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : ३२ बजे

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना