काठमाडौं । अफगानिस्तानमा रहेका नेपाली नागरिकको यथाशीघ्र उद्दार गर्न सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तान घटनाबारे यथार्थ जानकारी लिई त्यहाँ रहेका नेपाली नागरिकको ततकाल उद्दार गर्न सरकारलाई रुलिङ गरेका हुन् । बैठकमा एमालेका सांसद गोकुल बाँस्कोटाले अफगानिस्तान घटनाबारे सार्क राष्ट्रको अध्यक्षको नाताले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै…