२६ बैशाख २०८१, बुधबार | May 8, 2024

अफगानिस्तानमा रहेका नेपालीको उद्दार गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न आफुले निर्देशन दिइसकेको बताएका छन् ।

सामाजिक सञ्जालट ट्वीटरमार्फत प्रधानमन्त्रीले अफगानिस्तानबारे अपडेट गराउँदै त्यहाँ रहेका नेपालीको उद्दार र समन्वयको जिम्मेवारीलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

देउवाले त्यहाँ रहेका नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धारको प्रबन्ध मिलाउन आइतबार नै निर्देशन दिइसकेको उल्लेख गरेका छन् ।

देउवाले भनेका छन्, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो िसजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ ।’

अमेरिकी सेनाले छोडेपछि अफगानिस्तानको भूभाग कब्जा गर्दै गएका तालिवान विद्रोहीहरुले आइतबार साँझ राजधानी कावुलमाथि विना रक्तपात नियन्त्रण गरेका थिए । तालिवानले सत्ता कब्जा गर्ने निश्चित भएपछि अफगान राष्ट्रपति अरसफ गनी र उपराष्ट्रपति देश छोडेर भागेका थिए ।

तालिवानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका अमेरिका वेलायत लगायतका देशहरुले आआफ्ना नागरिक फिर्ता गर्न थालिसकेका छन् । ती देशहरुले आफ्नो दूतावासको सुरक्षामा रहेका नेपाली कामदारहरुलाई पनि फर्काउन थालेका छन् । उद्धार गरिएका नेपालीलाई दुबई, दोहा र लन्डन पुर्‍याइएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ११ : १८ बजे

कोशी प्रदेशमा नयाँ सरकारको प्रक्रिया बढाउन माग

विराटनगर । कोशी प्रदेशसभाका दुई ठूला दल नेकपा (एमाले) र

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज

वर्षापछि वायु प्रदूषण घट्दै

कामठाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यकालगायत मुख्य सहरको

साना तथा घरेलु उद्योगले देशको अर्थतन्त्र उकास्ने : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साना तथा घरेलु उद्योगले देशको

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपाललाई बर्खास्त गर्न माग

काठमाडौं । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई