काठमाडौं । प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध माओवादी केन्द्रका सांसद मातृका यादवले दिएको अभिव्यक्ति हटाउन सभामुखले रुलिङ गरेका छन् । बिहीबारको बैठकमा सांसद यादवले ओली विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै एमाले सांसदहरुले चर्को विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले उनका केही अभिव्यक्ति रेकर्डबाट हटाउन रुलिङ गरेका हुन् । यादवले ओलीमा…