काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा रहेका गठबन्धनका शीर्ष दुई नेताबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार र अन्य समसामयिक विषयमा छलफल भएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न…