बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको हर्मिचौर-बलेवा खण्ड कालोपत्र गरिएको छ । गुल्मीको हर्मीचौरबाट बागलुङको बलेवासम्म ४४ दशमलव ४८ किलोमिटर सडक कालोपत्र गरिएको हो । तीन वर्षमा सक्नेगरी कालिका कन्स्ट्रक्सनले विसं २०७९ मङ्सिर २६ गते निर्माणको जिम्मा पाएको थियो । निर्धारित म्याद सकिन छ महिना अगावै कालोपत्र सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।…