२३ माघ २०८२, शुक्रबार | February 6, 2026

समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेस नेता तथा कार्यकर्ताद्वारा देउवा निवास बूढानिलकण्ठ अगाडि प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि कांग्रेसका नेता तथा कार्यकर्ताले प्रदर्शन गरेका छन । समयमै महाधिवेशन गर्नुपर्ने माग राख्दै कांग्रेसका नेता तथा कार्यकर्ताले देउवाको निजी निवास बूढानिलकण्ठ अगाडि प्रदर्शन गरेका हुन । प्रदर्शनका क्रममा उनीहरूले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको आरोप लगाउँदै त्यसलाई सच्याउनुपर्ने मागसमेत गरेका छन ।…