१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

म्याग्दीको बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु



म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा बुधबारदेखि इन्डोस्कोपी सेवा सुरु भएको छ ।

स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत धवलागिरि गाउँपालिकाले विनियोजन गरेको रु ३० लाख बजेटबाट उपकरण खरिद र पूर्वाधार तयार पारेर उपचारका लागि अत्यावश्यक मानिने इन्डोस्कोपी सेवा सुरु गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको सिफारिसमा गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो । समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए ।

“सीमित पूर्वाधार र जनशक्तिका बीच पनि अस्पतालको सेवा विस्तारलाई निरन्तरता दिएका छौँ”, उनले भने, “इन्डोस्कोपी सेवा सुरु भएपछि बिरामीको उपचार थप प्रभावकारी र सहज हुन्छ ।” यसअघि इन्डोस्कोपी गर्नुपर्ने बिरामीलाई पोखरा सिफारिस गरिँदै आएको थियो ।

इन्डोस्कोपी गर्दा शरीरमा पातलो नली राखेर शरीरभित्रका अङ्गमा परेको असरलाई क्यामेराको माध्यमबाट मोनिटरमा हेरी बिरामीको समस्या पहिचान गर्न सजिलो हुन्छ । गलाको समस्या, आन्द्रा सुन्निने, पित्तथैलीमा पत्थरी, पेटको अल्सर, दिसा पिसाबबाट रगत बग्ने, गर्भावस्थामा समस्या देखिए, शल्यक्रिया गर्नु अगाडि र अन्य समस्या देखिएमा इन्डोस्कोपी गरिन्छ ।

भिडियो एक्सरेबाट पत्ता लाग्न नसकेको समस्यालाई करिब पाँचदेखि १० मिनेट इन्डोस्कोपी गरेपछि आउने सूचनाका आधारमा चिकित्सकले उपचार प्रक्रिया अघि बढाउँछन् । विसं २०७२ मा १५ बाट ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले पछिल्ला केही वर्षयता उपकरण र उपचार सेवा थप गर्दै गएको छ ।

सघन उपचारकक्ष, डायलायसिस, शय्यामै पाइपबाट अक्सिजन आपूर्ति गर्ने सुविधासहितको अक्सिजन प्लान्ट स्थापना, आँखा उपचार, आफ्नै फार्मेसी, शल्यक्रियामार्फत गरिने प्रसूति सेवा उपलब्ध गराउँदै आएको छ । म्याग्दीका साथै पर्वत, बागलुङ र पर्वतका नागरिकले पनि बेनी अस्पतालबाट सेवा लिने गरेका छन् ।

५० शय्या क्षमताको सुविधासम्पन्न भवन निर्माणमा भएको ढिलाइले अस्पतालको सेवा प्रवाहमा कठिनाइ भएको छ । सीमित पूर्वाधारका बाबजुद पनि बेनी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले सुविधासम्पन्न सहरका अस्पतालले दिने सेवा पनि दिएका बताइन्छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहिबार  १ : ०७ बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका