२३ भदौ २०८३, मंगलबार | September 8, 2026

रोल्पाको लुङग्रीमा गएको पहिरोमा पुरिँदा एक जनाको मृत्यु

रोल्पा । लुङग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा एकजना वृद्धाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परी ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको हो । यसअघि रोल्पाको थवाङ र सुनछहारी गाउँपालिकामा गएको पहिरोमा परेर १५ जनाको निधन भैसकेको छ ।