काठमाडौं । पछिल्लो पटक थप भएको निषेधाज्ञाको अवधि पुरा हुँदा पनि काठमाडौं उपत्यकाका ३ जिल्लामा निषेधाज्ञा थप गर्ने वा नगर्ने बिषयमा कुनै तयारी नभएको पाईएको छ । पछिल्लो पटक काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञाको अवधि आज (साउन १०) मध्यरातिबाट सकिने भएपनि उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञाका बिषयमा कुनै पूर्व तयारी गरेका छैनन् ।…