महोत्तरी । महोत्तरीका विद्यालय धमाधम खुल्न थालेका छन् । कोभिड-१९ माहामारीका कारण लामो समयदेखि बन्द विद्यालयमा पठनपाठन सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले अनुमति दिएपछि महोत्तरीका १५ वटै स्थानीय तहका आधा विद्यालयमा पढाइ सुरु भएको हो । संकट व्यवस्थापन केन्द्रले विद्यालय सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो ।…