काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि बिहीबार पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले दक्षिणपन्थी भासको नेतृत्वबाट आफुलाई अलग गर्न एमालेका नेताकार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाए । ओलीको…