८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश १ को मुख्यमन्त्री बन्ने तयारीमा रहेका आचार्यका भाइ ओछ्यानमै मृत फेला



काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री बन्ने तयारीमा रहेका भिम प्रसाद आचार्यका भाइ राम प्रसाद आचार्य मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार आज बिहान ५९ वर्षीय आचार्य ओछ्यानमै मृत भेटिएका हुन ।

सुनसरीको इनरुवा नगरपालिका-३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा मृत अवस्थामा आचार्यलाई फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी दिए । कोठाको ढोकाको चुक्कुल भित्रबाट लगाएको अवस्थामा ओछ्यानमै लडिरहेको अवस्थामा आचार्यको शव फेला परेको प्रहरीको भनाइ छ ।

मुधमेह, उच्च रक्तचाप र डिप्रेशनको पुरानै समस्या रहेको बताइएको छ । सो घटना प्रहरीले बिहान साढे १० बजेतिर थाहा पाएको हो ।घटनालगत्तै प्रहरी टोलीले आचार्यको घरमा पुगेर घटनाको अनुसन्धान थालेको छ । स्रोतका अनुसार कान्छा भाइको निधन भए पनि मुख्यमन्त्री बन्ने तयारीमा रहेका भीम आचार्यलाई घटनाको जानकारी गराइएको छैन ।

उनलाई प्रदेश १ को मुख्यमन्त्री बनाउन एमाले संसदीय दलको बैठक आज बोलाइएको छ । उनी काठमाडौंबाट अहिले बिहान विराटनगर आउने तयारीमा थिए । बिहान ११ बजे बोलाइएको बैठक अझै सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  १२ : १३ बजे

आजको मौसम : देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी