सिन्धुपाल्चोक । अरनिको राजमार्गस्थित लिपिङ खोलाले सडक कटान गर्दै पुल भत्काउन थालेपछि तातोपानी नाकाबाट आवतजावत अवरूद्ध भएको छ । लिपिङ खोलाले लिपिङ पुल जोड्ने सडक नै भत्काएको छ । जसका कारण पुलको आधारस्तम्भ कमजोर बनेपछि सिन्धुपाल्चोक प्रशासनले यातायात संचालनमा रोक लगाएको छ । नेपाल-चीन जोड्ने मितेरी पुल पुग्नु करिब २०० मिटर अगाडि रहेको लिपिङ खोलाले…