२० असार २०८३, शनिबार | July 4, 2026

दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी हुने, त्यसलगत्तै माधव नेपाल पक्षले नयाँ पार्टी दर्ता गर्ने



काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी हुनेभएको छ ।

सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकबाट दल विभाजनसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । सरकारले निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्ने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले अध्यादेश जारी गनुपूर्व कानूनविद्हरुसँग छलफल गर्नसक्ने बताइएको छ ।

पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत मात्र सदस्यहरुले नयाँ राजनीतिक दल बनाउन पाउने प्रावधानसहित सरकारले दल विभाजन अध्यादेश ल्याएको हो । यसअघि केपी ओलीको सरकाले ल्याएको अध्यादेशको चर्को विरोध गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन सरकार बनाए लगत्तै यो विवादस्पद अध्यादेश ल्याएको हो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा कुनै पनि पार्टीको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्यहरु पुगेमात्र दल विभाजन गर्न पाइने प्रावधान रहेको थियो ।

गठबन्धन सरकार निर्माणमा महत्वपूर्ण भूमिका खेलेको नेकपा एमालेको माधवकुमार नेपाल पक्षलाई नयाँ दल दर्ता गर्न सजिलो बनाउने उद्देश्यले यो अध्यादेश ल्याइएको हो । अध्यादेशले हाल दलविहीन अवस्थामा रहेको जनता समाजवादी पार्टी जसपाको महन्थ ठाकुर पक्षलाई पनि ठूलो राहत मिल्ने भएको छ ।

नेकपा एमालेसहित गठबन्धनकै सहयात्री दल र तिनका नेताहरुले भने अध्यादेशको विरोध गरेका छन् ।

राष्ट्रपतिले अध्यादेश जारी गरेलगत्तै एमालेको नेपाल पक्षले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने बुझिएको छ । नेपाल पक्ष राष्ट्रपति कार्यालयको निर्णयको प्रतिक्षामा रहेको छ ।

तर एमालेले भने नेपाल पक्षका १४ जना सांसदहरुलाई पदमुक्त गर्न मंगलबार संसद सचिवालयमा सूचना दर्ता गराएको छ । यद्यपी, सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा कुनै निर्णय भने गरिसकेका छैनन् ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  १२ : ५३ बजे

लुम्बिनी सरकारको बजेट खर्च जम्मा ४७ प्रतिशत

दाङ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा

हेटौँडामा यात्रुवाहक बस दुर्घटना, नौ जना घाइते

मकवानपुर । जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७

मुलुकलाई एफएटिएको ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति