पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकी प्रदेशसभामा शुक्रबार भएको मतदानमा मुख्यमन्त्री पोखरेलले विश्वासको मत हासिल गरेका हुन् । पोखरेलको पक्षमा ३१ मत परेको छ । विपक्षमा २७ मत परेको छ । पोखरेललाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपाले मतदान गरेका छन् ।…