७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

कुलमानको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट दायर



काठमाडौं । उर्जामन्त्री पम्फा भुसालसँगको सहमतिमा अर्को जिम्मेवारीमा जान तयार भएको भनिएका नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एकाएक पदमा ‘थमौती गरिपाउँ’ भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । प्राधिकरणमा कुलमान घिसिङले पदबहाल गरेको १ साता मौन बसेका शाक्यले आज एक्कासी प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । भिसीङको नियुक्ति बदर गर्न माग गर्दै परेको रिट दर्ता भएको सर्वोच्च अदालतले जनाएको छ ।

सरकारले स्पष्टिकरण सोधेर हटाउने प्रक्रिया अगाडि सारेपछि अक्षमताको आरोपमा नहट्ने र सम्मानजनक अर्को जिम्मेवारी दिए मार्ग प्रसस्त गर्न तयार रहेको भन्ने शाक्यको अभिव्यक्ति आएसँगै सरकारले उनलाई उर्जा आयोगमा खाइपाई आएको सुबिधा नघट्ने गरि जिम्मेवारी दिएर घिसीङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

शाक्यले आदालतमा दायर गरेको ​रिट निवेदनमा पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको तथा कुलमानलाई सो पदमा नियुक्त गर्दा ‘संविधान सम्मत आफ्नो अधिकार हनन भएको दावी गरिएको बताईएको छ । विद्युत प्राधिकरणमा आफैंलाई बहाल गरि निरन्तर काम गर्न पाउने गरि अन्तरिम आदेशको समेत माग गरिएको छ ।

शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च गएका हुन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ६ : ०७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल