काठमाडौं । आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति सामान्य बदलीको आँकलन गरिएको छ । शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि…