७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कोभिड पोजेटिभ भएका सयौं व्यक्तिलाई प्रयोगशालाले नै गलत रिपोर्ट दिएपछि…



सिड्नी । सिड्नीको एउटा प्रयोगशालाले कोभिड पोजेटिभ भएका व्यक्तिलाई पनि नगेटिभ रिपोर्ट दिएको छ । संक्रमण बढिरहेका बेला क्रिसमको समयमा सिडप्याथ प्रयोगशालाले नै गलत रिपोर्ट दिएको हो ।

आफूहरुले अन्य व्यक्ति र आफन्तलाई संक्रमण सारेको हुन सक्ने भन्दै संक्रमितहरुले चिन्ता व्यक्त गरेका छन् । आफ्नो त्रुटीका लागि प्रयोगशालाले माफी मागेको छ ।

कर्मचारीमा कामको चापले त्रुटी हुन गएको प्रयोगशालाको भनाई छ । तथ्यांक प्रशोधनसम्बन्धी त्रुटिले गलत नतिजा आएको प्रयोगशालाले जनाएको छ ।

क्रिसमको अघिल्लो दिन ८८६ जनाले सो प्रयोगशालामा कोभिड परीक्षण गरेका थिए । तीमध्ये ४०० जनाको रिपोर्ट गलत आएको थियो ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको त्रासबीच न्यू साउथ वेल्समा कोभिड परीक्षण गर्न चाहने व्यक्तिको सख्ंया उल्लेख्य छ । प्रयोगशालाको क्षमताभन्दा बढी मानिसको चाप बढेपछि अधिकांशलाई फर्काइएको छ ।

पछिल्लो त्रुटीपूर्ण घटना पनि सोही चापका कारण भएको हुनसक्ने जनाइएको छ । अस्ट्रेलियामा ओमिक्रोनबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । एजेन्सी

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  १२ : ०३ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट