काठमाडौं । काठमाडौं महानगरपालिकाले आज(सोमबार) र भोलि (मंगलबार) कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । दुई दिन खोप अभियान सञ्चालन भएपछि…