७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी



काभ्रे । प्रहरीको एक साता लामो सक्रियतापछि नक्कली नागरिकता बनाएर मिर्गौला तस्करी गर्ने काभ्रेका तीन तस्कर शुक्रबार राति पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक राजन कोइरालाले पीडितको जाहेरीका आधारमा मिर्गौला तस्करीमा संलग्न तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका हुन् । उनले आरोपितमध्ये फरार रहेकाको खोजी कार्य जारी रहेको बताए । पक्राउ पर्नेमा भुम्लु गाउँपालिका-८ घर भएका ३५ वर्षीय राजकुमार भन्ने कुमार परियार, उनकै भाइ ३३ वर्षीय देवराज भनिने सुरेश परियार र साविक देवभूमि बालुवा गाविस हाल पाँचखाल नगरपालिका-१० घर भएका ३१ वर्षीय राजकुमार भनिने कुमार परियार रहेका छन् । पक्राउ परेका तीनै जना नातेदार हुन् । कुमार र सुरेश दाजुभाइ हुन् भने अर्का कुमार सुरेशको साढुभाइ हुन् ।

सुरेशको श्रीमती मन्दिरा कटुवालको ब्लड क्यान्सरबाट २०७८ जेठ १३ गते निधन भएपछि बीमाबापतको रकम लिन बनेपा आएका सुरेशलाई प्रहरीले पक्राउ गरेको हो । उनीमार्फत उनकै दाजु कुमारलाई बनेपाबाट र साढुभाइ कुमारलाई पाँचखालबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मिर्गौला तस्करहरूले हरेक साता आफूहरूले नेपालीलाई नक्कली नागरिकता उपलब्ध गराउँदै भारतका विभिन्न अस्पतालमा मिर्गौला बिक्रीका लागि लाने गरेको बताएका छन् ।

बनेपा नगरपालिका-५ का वडाध्यक्ष बलराम अधिकारीलाई सोही वडाका पीडित २८ वर्षीय एक युवकले आफ्नो मिर्गौला तस्करहरुले बिक्री गराएको जानकारी गराएपछि प्रहरीले उक्त घटनामा संलग्नहरूको खोजी शुरु गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा मोतीराम तिमल्सिनाले लेखेका छन ।

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ८ : ०० बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै