१२ श्रावण २०८१, शनिबार | July 27, 2024

रुख ढलेर किच्दा महिलाको मृत्यु, तीन गम्भीर घाइते



उदयपुर । उदयपुरगढी गाउँपालिका-७ मा शनिबार दिउँसो ३ बजे जङ्गल छेउको अँधेरी झर्ना खण्डमा सखुवाको रुख अचानक ढलेर किच्दा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कटारी नगरपालिका-४ का २८ वर्षीया निशा मगर दनुवार रहेकी छन् । त्यस्तै घाइते हुनेमा कटारी-४ का २७ वर्षीया मीना दनुवार, ४० वर्षीय श्याम दनुवार र कटारी-५ का २८ वर्षीय कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी-७ को जङ्गलमा पर्ने अँधेरी झर्ना हेर्नका लागि मृतक महिला र अन्य तीनजना मोटरसाइकलमा सवार भएर कटारीबाट आज उदयपुरगढी आएको प्रहरीले जनाएको छ ।

दिउँसो बढी गर्मी भएका कारण मृतक महिला उदयपुरगढीको अँधेरी झर्ना घुम्न आउने व्यक्तिले रोकिराखेको प्रदेश नं २-०१०-१ त ०५६० नम्बरको अटोको सिटमा केही समयका लागि बसिरहेकी थिइन् । अन्य व्यक्ति सडकभन्दा केही पर बसिरहेका बेला रुख अचानक ढल्दा किचेर अटोमा बसेकी महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय कटारी र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थल पुगेर सर्जिमिन मुचुल्का गरेपछि अहिले आफन्तले शव कटारी लगेका छन् भने गम्भीर घाइते भएकालाई उपचारका लागि विराटनगरतर्फ पठाइएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २४ श्रावण २०७८, आइतबार  ७ : १६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान