७ मंसिर २०८३, सोमबार | November 23, 2026

महामन्त्रीमा पराजित भएसँगै मिनेन्द्र रिजालले दिए रक्षामन्त्रीबाट राजीनामा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । रक्षामन्त्री रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला समुहबाट उम्मेदवारी दिएका रिजाल पराजित भएसँगै मन्त्रीपदबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री देउवाले रिजाललाई गत असोज २२ गते मन्त्री नियुक्त गरेका थिए ।