काठमाडौं । ओली सरकारको उपप्रधानमन्त्रीको पद बहालीसँगै जसपाबाट कारवाहीमा परेका नेता राजेन्द्र महतोले असंवैधानिक अभिव्यक्ति दिएका छन् । उपप्रधानमन्त्रीको सपथ खाएर पदबहाली गरे लगत्तै उनको पहिलो अभिव्यक्तिले संविधानको मर्ममाथि प्रहार गरेको छ । महतोले आफु सरकारमा सहभागी हुनुको मुख्य उद्देश्य नै देशलाई बहुल राष्ट्रिय राज्यका रुपमा लैजानलाई राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्नु रहेको बताएका छन्…