१० भदौ २०८३, बुधबार | August 26, 2026

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता : तिलोत्तमा र बुटवल बिच उपाधि भिडन्त



बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका बिच भिडन्त हुने भएको छ। शनिबार भएको पहिलो सेमीफाईनल खेलमा तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिकालाई ३-० तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै फाईनल भेट पक्का गरेको हो ।

फाईनल खेल आईतबार दिउँसो १ बजे हुने आयोजक बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले बताए।

प्रतियोगितामा बेनी नगरपालिका तेस्रो स्थान हासिल गरेको छ। बेनीले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए।

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएको उनले बताए।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : २९ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी