१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता : तिलोत्तमा र बुटवल बिच उपाधि भिडन्त



बुटवल । बुटवल उपमहानगरपालिका उपमेयर कप अन्तर पालिकास्तरिय राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि बुटवल उपमहानगर र तिलोत्तमा नगरपालिका बिच भिडन्त हुने भएको छ। शनिबार भएको पहिलो सेमीफाईनल खेलमा तिलोत्तमा नगरपालिकाले बेनी नगरपालिकालाई ३-० तथा दोस्रो खेलमा बुटवल उपमहानगरपालिकाले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै फाईनल भेट पक्का गरेको हो ।

फाईनल खेल आईतबार दिउँसो १ बजे हुने आयोजक बुटवल खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले बताए।

प्रतियोगितामा बेनी नगरपालिका तेस्रो स्थान हासिल गरेको छ। बेनीले भिमदत्त नगरपालिकालाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो ।

प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि उपविजेता टिमले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्र, तृतिय टिमले नगद ३५ हजार रुपैया तथा चौथौ टिमलाई १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक अर्जुन घिमिरेले बताए।

लिग कम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमले भाग लिएको उनले बताए।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ६ : २९ बजे

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित