सङ्खुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्कामा बाढीले नेपाल-चीन सिमानाको सीमास्तम्भ पुरिएको छ । अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला-१ किमाथाङ्का नाका नजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए । बाढीले नेपाल-चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो । भोटखोला-१ स्थित दोङ्गोप्पा खोला र…