बागलुङ । नवरात्र सुरु भएदेखि नै दर्शनार्थीको घुइँचो लागेको बलेवा कालभैरवको मन्दिरमा यस वर्षको नवमीमा विगतका वर्षमा भन्दा धेरै भक्तजनको घुइँचो लागेको छ । यहाँ अवस्थित कालभैरवको दर्शन गर्न गण्डकी प्रदेशका अधिकांश जिल्ला तथा छिमेकी प्रदेशबाट समेत दर्शनार्थी आएका छन् । आफूले गरेका भाकल पूरा हुने जनविश्वास रहेकाले बलेवाका कालभैरवको दर्शन गर्न आउने गर्दछन् ।…