११ बैशाख २०८१, मंगलबार | April 24, 2024

संसद अधिवेशन सुरु भएकै दिन एमसीसी विरुद्ध संसद भवन घेराउ गर्ने ६ वाम दलको निर्णय



एमसीसी विरुद्ध आन्दोलन गर्दै आएका ६ वटा वामपन्थी दलले संसद बैठक सुर हुने दिन संसद भवन घेराउ गर्ने भएका छन् ।

बुधबार ६ दलीय गठबन्धन र दुई मोर्चा संगठनसम्मिलित बैठकले राष्ट्रपतिले आह्वान गरेको संसद अधिवेशनको दिन संसद भवन घेराउ गर्ने निर्णय गरेको हो । संघीय संसदको दुवै सदनको बैठक यही मंसिर २८ गते दिउँसो २ बजे बस्दैछ ।

बैठकले एमसीसीको विरोधमा संसद अधिवेशनको पहिलो दिनमै संसदन भवन घेराउ गर्ने निर्णय गरेको क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले जानकारी दिएका छन् । सरकारले मंसिर २८ गते संसदको पहिलो बैठकमै एमसीसी सम्झौता संसदमा पेश गर्ने योजना बनाएको छ । अमेरिकाले डिसेम्बर १४ सम्म नेपाललाई दिएको समयसीमाभित्रै संसदमा एमसीसी पेश गरेर प्रक्रिया अघि बढाउन लागेको सन्देश अमेरिकालाई दिने सरकारको योजना रहेको छ ।

एमसीस विरुद्ध आन्दोलनमा रहेका दलहरुको बैठकले मंसिर २७ गते एमसीए नेपालको कार्यालय घेराउ गर्ने निर्णय भगरेको छ । यस्तै त्यसअघि मंसिर २४ गते राजधानीको माइतीघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गर्ने कार्यक्रम पनि राखिएको छ ।

बैठकमा विप्लव नेतृत्वको नेककपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) लगायतका वाम दल र मोर्चा सहभागी भएका थिए ।

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  १ : ३३ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना