काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटाले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार संघीय संसद सचिवालयको संसदको दीगो विकास तथा सुशासन समितिको हलमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य डा. देवकोटालाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । । देवकोटा राष्ट्रियसभाको उपनिर्वाचनमा गएको ६ जेठमा नेकपा एमालेका उम्मेद्वार रामबहादुर थापा…