१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

लुम्बिनी प्रदेशमा निर्माणाधिन राष्ट्रिय गौरवका योजनाहरुमा मुख्यमन्त्रीको चासो



बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कूलप्रसाद केसीले लुम्बिनी प्रदेशमा सञ्चालित राष्ट्रिय गौरबका आयोजनाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल सुरु सुरु गरेका छन् । मुख्यमन्त्री कार्यालयमा प्रदेशमा सञ्चालित २० वटा आयोजनाका प्रमुखसँग मुख्यमन्त्रीले केसीले आजबाट छलफल सुरु गरेका हुन् ।

छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले प्रदेशमा सञ्चालनमा आएका राष्ट्रिय गौरबका आयोजना सम्पन्न गर्नको लागि तीन तहका सरकार बिचमा समन्वय, सहकार्य र सहजिकरणको आवश्यकता रहेकोमा जोड दिए । उनले आयोजना प्रमुखबाट आयोजनाको काम , प्रगतीको बारेमा जानकारी लिनुका साथै समयमा पुरा हुन नसकेका योजना प्रमुखहरुसँग समयमा पुरा हुन नसक्नुको कारण सोधेका थिए ।

सो अवसरमा गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीले क्यालिव्रेशन उडान भरेको ३ महिनापछि बिमानस्थल नियमित रुपमा सञ्चालनमा आउने जानकारी दिए । यस्तै बबई सिचाई आयोजनाका सिनियर डिभिजन ईन्जिनियर रामकृष्ण घोरासैनीले अहिलेसम्म आयोजनाको काम ५० प्रतिशत सम्पन्न भएको जानकारी दिँदै ३६ हजार हेक्टर कृषि योग्य भूमिको सिचाईको योजना सहित २०४५ सालमा सुरु भएको योजनाको काम अहिले चलिरहेको र अहिले २३ हजार हेक्टर क्षेत्रफलमा सिचाई भईरहेको बताए ।

त्यसैगरि कार्यक्रममा सिक्टा सिंचाई आयोजना , नेपाल टेलिकम प्रादेशिक कार्यालय , नेपाल विद्युत प्राधिकरण , जनताको तटबन्धन कार्यक्रम बुटवल , शहिद मार्ग सडक आयोजना प्रगन्ना बड्कापथ सिंचाई ब्यवस्थापन , बृहत दाङ उपत्यका सिचाइ आयोजनाको कार्यप्रगतिको बारेमा मुख्यमन्त्रीले चासो व्यक्त गरेका थिए । छलफल कार्यक्रम भोलीसम्म चल्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ८ : ४८ बजे

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु

मुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी । निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड

काठमाडौंमा फेरी बढ्यो वायु प्रदूषण

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरी अब्धेको छ ।