बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अघि बढेको छ । असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको अस्पतालका प्रमुख डा.वशन्तराज जोशीले जानकारी दिए । ‘प्लान्ट खरिद गरी जडानका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनौट गरेका छौं,’ उनले भने, ‘यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका…