१९ असार २०८३, शुक्रबार | July 3, 2026

विवाद समाधानका लागि गठित एमालेको कार्यदल पुनः ब्युँतियो, सिंहदरबारमा बैठक



काठमाडौं । नेकपा एमालेको कार्यदल फेरि ब्युँतिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि निस्कृय बनेको कार्यदलको बैठक सिंहदरबारमा बसेको छ ।

कार्यदलमा पार्टीभित्रको विवाद समाधानका लागि संयुक्त मस्यौदा तयार गर्ने विषयमा छलफल भैरहेको छ ।

यसअघि गत बैशाख अन्तिम साता अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमति अनुसार कार्यदल गठन भएको थियो । कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णुप्रसाद पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् । यस्तै वरिष्ठ नेता नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।

तर नेपाल पक्षका संयोजक रावललाई ओलीले जेठ १२ गते पार्टीबाटै निस्काशित गरेपछि कार्यदल निस्कृय भएको थियो ।

दुईदिन अघि सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले नेपाल पक्षका २३ सांसदलाई आज साँझ ५ बजेसम्म सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबाट हस्ताक्षर फिर्ता लिन अन्यथा एमालेमा नरहने चेतावनी दिएका थिए । तर, नेपाल पक्षले अदालतबाट हस्ताक्षर फिर्ता नहुने अडान राख्दै आएको छ ।

पार्टी एकतालाई जोगाउन दोस्रो तहका नेताहरुबीच निरन्तर छलफल र शिर्ष नेतालाई दबाब बढेपछि कार्यदल पुनः सक्रिय बनेको हो ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ६ : ४५ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

काठमाडौं । निजामती कर्मचारी अस्पतालको सेवा एकाइ सञ्चालनमा आएको छ

रुपन्देही अदालत : चार हजार १०९ मुद्दा फर्छ्योट

भैरहवा । जिल्ला अदालत रुपन्देहीले यस वर्ष सात हजार ६४२