संखुवासभा । संखुवासभामा मकालु गाउँपालिका-३ सम्माटारमा भ्याकुलोडर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । उत्तर दक्षिण कोशी राजमार्गमा को ज१क४१२ नम्बरको भ्याकुलोडर दुर्घटना हँदा सहचालक खाँदबारी नगरपालिका-६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय सङ्खुवाभाका प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । भ्याकुलोडर सडकबाट अन्दाजी सय मिटर तल खसेको छ ।…