१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरण : अधिकारकर्मी भन्छन् हत्या भएकै हो, प्रहरी भन्छ हत्याको प्रमाण भेटिएन



नेपालगन्ज । बाँकेकी एकल महिला निर्मला कर्मी बेपत्ता प्रकरणमा गृहमन्त्रालयले गठन गरेको छानविन समितिका एकजना सदस्यले कुर्मीको कर्तव्य गरि हत्या भएको बताएका छन् । समितिका सदस्य मोहम्मद शेर बागवानले समितिले गरेको छानविनका क्रममा निर्मलालाई बन्धक बनाएर राखिएको भनिएको भारत जगन्नाथपुरका घरधनीले समिति समक्ष हत्या गरेर बोरामा हालेको अवस्थामा भेटेको बयान दिएको दाबी गरेका छन् ।

महिला उपकार मञ्चले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बागवानले छानविन समितिले गरेको खोजविनमा निर्मलाको हत्या भएको प्रमाणहरु फेला परेको भन्दै कर्तब्य ज्यान अन्तर्गत नै अनुसन्धान हुनु पर्ने माग गरेका छन् । उनले कागजी प्रक्रिया मिलाएर सबुत प्रमाण सहित नष्ट गर्दै हत्या भएको हुँदा सीआईबी वा अख्तिायार दुरुपयोग अनुसन्धान आयोगबाट निर्मला कुर्मि बेपत्ता प्रकरणको अनुसन्धान गर्नु पर्ने बताए । जग्गा हडप्ने काममा प्रहरीका उच्च अधिकारी सहित राजनीतिकर्मीको समेत संलग्नता देखिन आएको तथा मालपोत कर्मचारी तत्कालिन गाँउ विकास समितिका सचिव लगायतको संलग्नता देखिन आएका कारण अख्तिायार र सीआईबीबाट अनुसन्धान थाल्न बागवानले माग गरे ।

पत्रकार सम्मेलनमा बोल्दै अधिकारकर्मि रुबी खानले घटनामा प्रत्येक्ष सलग्न देखिएका काँग्रेस नेतालाई प्रहरीले उन्मुक्ति दिन खोजेको आरोप लगाईन् । उनले कुर्मीकै योजनामा निर्मलाको अपहरण भएको दाबी गर्दै बादशाहले अहिले पनि आन्दोलनरत निर्मलाका आफन्तहरुलाई मुद्दा फिर्ता गर्न दवाव दिएको बताईन् । उनले निर्मलाको हडपिएको जग्गाको आयस्ता अहिले पनि बादशाह कुर्मीले बुझ्ने गरेको दाबी गर्दै कागजीरुपमा जग्गा अरु कसैको नाममा राखिएपनि जोतभोग सबै बादशाहले गर्दे आएको बताईन् ।

यता बाँके प्रहरीले भने निर्मलाको भारतमा कालगतीले मृत्यु भएको प्रमाण सार्वजनिक गरेको छ । जगन्नाथपुर ग्राम पञ्चायतमा दर्ता भएको मृत्यु दर्ता र निर्मलाको अन्तिम दाहसंस्कारको फोटो सार्वजनिक गर्दै प्रहरीले हत्या भएको आधार नभेटिएको दाबी गरेको छ । मानवियरुपमा जग्गा हडपेको देखिएपनि अभियुक्त भनिएकाहरुले कागजी प्रमाण मिलाएर जग्गा नामसारी गर्ने कार्य गरेको प्रहरीको भनाई छ । यद्देपी प्रहरीले अनुसनधान बन्द नगरेको र फेला परेका प्रमाणहरुलाई सुक्ष्मरुपमा अध्ययन गरिरहेको बाँके प्रहरी प्रवक्ता मधसुदन न्यौपानेले बताए ।

प्रहरीले उपलब्ध गराएकाे निर्मला मृत्युकाे प्रमाण

प्रहरीले निर्मलाको अर्जुनसँग बिबाह भएको फोटो, मृत्यु भएको फोटो र मृत्यु दर्ताको फोटो समेत सार्वजनिक गरेको छ । तर आन्दोलनरत अधिकारकर्मी रुबी खानले भने प्रहरीले अगाडी सारेका काजपत्रको पनि छानविन हुनु पर्ने माग गरिन् । आन्दोलन नचर्कदा सम्म कुनै प्रमाण देखाउन नसकेको प्रहरीले आन्दोलन चर्कँदै गएपछि एक पछि अर्को कागज देखाएको आरोप लगाउँदै ती कागजहरुमाथि पनि अनुसन्धान आवश्यक रहेको बताइन् ।

४ बिगाहा बढी जग्गाकी एक मालिक रहेकी निर्मला कुर्मीको जग्गामा शुरुमा पूर्व सांसद बादशाह कुर्मी र त्यसपछि दर्जन बढी जग्गा दलालहरुको आँखा गाडिएको देखिउको छ । निर्मलाको जग्गा शुरुमा पार्वती विष्टको नाममा गएको र त्यसपछि रमेश थापाकी श्रीमती रत्न थापाका नाममा पास भएको थियो । महिला अधिकार मञ्चका अनुसार निर्मलाबाट पार्वतीले जग्गा लिएको देखाइएको छ । तर विष्टले थापाबाट तमसुक गरेर लिएको पैसा तिर्न नसकेपछि अदालतमार्फत जग्गा दिलाएको देखिन्छ । प्रक्रिया पुर्‍याउन मालपोतकै केही कर्मचारी खजुरा रोडस्थित थापाको प्लाइउड फ्याक्ट्रीमा गएर पास गरेको मञ्चको आरोप छ ।

प्रहरीले भारतमा बिबाह गरेको भनिएका पतिअर्जुन कुर्मीले समेत निर्मला र आफूलाई बन्धक बनाएर रमेशले किर्ते कागज गरी निर्मलाको जग्गा हडपेको खुलासा गरेका छन् ।

‘तिमीहरूको जग्गा गडबड भएको छ, मिलाउन तिमीहरूलाई यहाँ राखेका हौं, २र३ महिनापछि सबै काम हुन्छ’ भन्दै २० हजार दिएर भारतको अयोध्या घुम्न पठाइएको अर्जुनले बताएका छन् । घुमेर आउँदा निर्मला कुर्मीको सबै जग्ग्गा भुक्याएर रमेशले आफ्नो नाममा पास गराएको अर्जुनले प्रहरीको बयानमा खुलाएका छन् ।

आन्दोलनमा सहभागि राहुल शेषका अनुसार निर्मलाको नाममा रहेको जग्गा विभिन्न षड्यन्त्र गरेर २०६९ भदौ ७ मा बर्दिया धधवार–४ घर भई नेपालगन्ज
परस्पुर बस्ने पार्वती विष्टको नाममा पास गरिएको थियो ।

निर्मलाको नामको केही जग्गा पार्वती विष्टको नाममा आइसकेपछि पार्वती विष्टले रमेश थापाकी श्रीमती रत्न थापाबाट पटक–पटक ठूलो रकम तमसुक गरी लगेको र उक्त तमसुकबमोजिमको रकम नतिरेकाले उक्त बिगोबमोजिमको रकम असुलउपर गराउन मुद्दा हालिएको थियो । जिल्ला अदालत बाँकेले २०७३ भदौ २० मा विष्टले पैसा तिर्न नसकेकाले उनको नाममा रहेको जग्गा थापाको नाममा सार्ने फैसला गरेको थियो । यसरी निर्मलाको जग्गा थापाको नाममा पक्का बनाउन अदालतबाटै घुमाउरो फैसला गरिएको थियो । उक्त फैसलालाई आधार मानेर ४ बिघा १० कट्ठा जग्गा ९७ लाख १३ हजार रुपैयाँमा लिलाम प्रक्रियामा लगेको देखिन्छ ।

धनसम्पत्तिका लागि निर्मलाको अपहरण गरी हत्या गरेको आरोपमा बादशाह कुर्मी, रमेश थापाकी श्रीमती रत्न थापा, पार्वती विष्ट, कृष्णमुरारी सिंह, कुँवर बब्बन सिंह, उर्मिला कनौजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंहका नाममा जिल्ला अदालतमा बाँकेस्थित महिला अधिकार मञ्चकी केन्द्रीय सदस्य मनकुमारी गुरतालको तर्फबाट मुद्दा दायर गरिएको थियो ।

बाँके प्रहरीले निर्मलाको जग्गा हडप्ने उद्देश्यले घटनाहरु भएको पुष्टि हुने आधार देखिएपनि निर्मलाको हत्या भएको भन्ने कुराको आधार नभेटिएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । फेरिपनि प्रहरीले घटनाका पुरानो फायल पल्टाएर अनुसन्धान शुरु गरेको उनले बताए ।

प्रहरीको भनाई मान्ने हो भने निर्मलासँग रहेको जग्गा जमिन कागजी रिट पुर्याएर हडप्ने काम पुरा गरेपछि साही समुहले निर्मलाको भारतमा बिबाह गरिदिएको पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । तर अपहरण गरेर शरिर बन्धक बनाईएको भनिएको रमेश थापाको प्लाई उद्योगमा भारतीय पति अर्जुन र निर्मलालाई नै बन्धक बनाईएको बयान अर्जुनले प्रहरीलाई दिएपछि भने जग्गा हडप्न ठुलै समुह सक्रिय रहेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ४१ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर