८ असार २०८३, सोमबार | June 22, 2026

मोतिपुर घटनामा मृत्यु भएका मृतक परिवारलाई संघीय सरकारबाट ५ लाख ५० हजार राहत दिने घाेषणा



काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनामा मृत्यु भएका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतिपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार राहत दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार र्बठकले पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय भएको हो । २४ असोजमा औद्योगिक क्षेत्रका लागि अधिकरण गरिएको जग्गा कब्जा गर्ने समुह र प्रहरीबीच भएको झडपमा ४ जनाको ज्यान गएको थियो ।

सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए । झडपमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तर्फ पनि १२ जना भन्दा बढी गम्भिर घाईते भएका थिए ।

यसअघि प्रदेश सरकारले मोतिपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : ५९ बजे

माधव र रुबिना बने प्रथम लुम्बिनी क्लासिक विजेता

दांङ । राष्ट्रिय स्तरको प्रतिष्ठित खेलकुद प्रतियोगिता ‘प्रथम लुम्बिनी क्लासिक

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति