नेपालगन्ज । बाँकेमा पछिल्लो १२ घण्टामा ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बाँकेमा ज्यान गुमाउनेहरुमा २ जना बाँकेका र एक जना जिल्ला बाहिरका हुन् । डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगंज-३ का २६ बर्षिय पुरुषको सोमबार राती ८ः३० बजे मृत्यु भएको छ । उनको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएको हो…