७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो १२ घण्टामा ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । बाँकेमा ज्यान गुमाउनेहरुमा २ जना बाँकेका र एक जना जिल्ला बाहिरका हुन् ।

डीसीएमसी बाँकेले दिएको जानकारी अनुसार नेपालगंज-३ का २६ बर्षिय पुरुषको सोमबार राती ८ः३० बजे मृत्यु भएको छ । उनको नेपालगन्ज नर्सिङ होमको प्रि आइसोलेसनमा मृत्यु भएको हो । त्यस्तै कोहलपुर-१ की ६० बर्षिया महिलाको मध्याराती २:४० बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा मृत्यु भएको हो । दाङ तुलसिपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भजर्न भएका ७४ वर्षिया महिलाको आज बिहान ६:२० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए ।

आज मृत्यु भएको तथ्यांकसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाँके बाहिरका मृतकको संख्या १०६ पुगेको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई