१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भेरी अस्पतालबाट पीसीआर परीक्षणको रिपोर्ट नआउँदा बाँकेमा घट्यो पोजेटिभको संख्या



नेपालगन्ज । पीसीआर परीक्षणमा ठूलो संख्यामा पोजेटिभ रिपोर्ट आईरहेको बाँकेको भेरी अस्पतालले पीसीआर परिक्षणको रिपोर्ट नदिएपछि सोमबार बाँकेमा तुलनात्मकरुपमा कोरोना संक्रमितको संख्या केहि कम देखिएको छ ।

भेरी अस्पतालले रिपोर्ट नदिँदा बाँकेमा सोमबार राती सम्ममा २५६ जना नयाँ कोरोना संक्रमति थपिएको जिल्ला कोघिड १९ संकट ब्यवस्थापन समितिले जनाएको छ ।

बाँकेको नेपालगन्ज मेडिकल कलेजको ल्यावमा १८८ वटा नमुना परिक्षण गर्दा १४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने बागेश्वरी प्रयोगशालामा १६९ नमुना परिक्षणमा १०९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्रैगरि सिमानाका जमुनाहाको हेल्पडेस्कमा १६ जनाको गरिएको एन्टिजेन परिक्षणमा २ जनामा कोरोना देखिएको डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । भेरी अस्पतालको ल्यावमा पीसीआर परीक्षणको चाप अत्याधिक रहेका कारण समयमा रिपोर्ट आउन नसकेको ओलीले बताए ।

बाँकेमा ९८ जना गम्भिर अवस्थाका संक्रमितको उपचार चलिरहेको फोकलपर्शन ओलीले बताए । भेरी अस्पतालमा १० जना भेन्टिलेटरमा, ६० जना आईसीयूमा र १३० जना जनरल वार्डमा उपचाररत रहेका छन् । मेडिकल कलेजको ९ वटाभेन्टिलेटर प्याक छ भने जनरल वार्डपनि भरिएका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ४४ बजे

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पहिलो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको