२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

प्रधानमन्त्री देउवा र मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सर्वोच्च अदालतको परमादेशसँगै प्रधानमन्त्रीमा नियुक्त बनेका शेरबहादुर देउवाले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ दिलाएकी छिन् । प्रधानमन्त्री देउवासँगै नवनियुक्त चार जना मन्त्रीले पनि सपथ लिएका छन्…