७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले सांसदको अवरोधकै बीच सभामुखले अघि बढाए बैठक



काठमाडौं । एमाले सांसदको १५ मिनेट प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरु रोष्टममा पुगेर नारावाजी गरिरहेका छन् । यसअघि आजै बसेको पहिलो बैठकमा पनि एमाले सांसदहरुले अवरुद्ध गरेका छन् ।

बैठक अवरुद्धताकै बीच सभामुख सापकोटाले नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकृतिको लागि बोल्न समय दिएका छन् ।

अध्यादेश अस्वीकृतिको सूचना दिनुअघि सांसद सुवालले एमसीसीको विरोधमा गरेको प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै विरोध गरे । सुवालले प्रमुख प्रतिपक्षी दलले अवरोध गरिरहेको समयमा आफुले आर्थिक अध्यादेश अस्वीकृतिको सूचना संसदसमक्ष पेश गर्न असमर्थन भएको जनाए ।

त्यसलगत्तै सभामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश २०७८ स्वीकृतिको लागि समय दिए । त्यसपछि अर्थमन्त्री शर्माले एमाले सांसदहरुबाट छलिंदै अर्थमन्त्री शर्मा रोष्टममा पुगेर आर्थिक अध्यादेश २०७८ पेश गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक संचालनको वातावरण बनाउन बारम्बार आग्रह गरिरहेका छन् । संसद संचालन गर्न प्रतिपक्षको जिम्मेवार भूमिका भएको सापकोटाले बताएका छन् ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ०२ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई