महेन्द्रनगर । हिंसारहित समाज र स्वच्छ वातावरणको मूलनाराका साथ आजदेखि कञ्चनपुरको गड्डाचौकी नाकाबाट महाकाली-मेची साइकलयात्रा शुरु गरिएको छ । बूढानीलकन्ठ राईटर क्लबको आयोजनामा ११ जनाको टोलीले साइकल यात्रा शुरु गरेको हो । रामबहादुर श्रेष्ठ (ओसो पुजारी)को संयोजकत्वमा शुरु भएको यात्रालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले नेपालको झण्डा हस्तान्तरण गरी बिदाई गरेका छन्…