२८ आश्विन २०८३, बुधबार | October 14, 2026

कोरोनाको दोस्रो लहर देखिन थालेपछि त्रिवेणी नाका पुनः बन्द



नवलपुर । पूर्वी नवलपरासीको भारतसँग जोडिएको दक्षिणी सीमावर्ती त्रिवेणी नाका बन्द गरिएको छ ।

नवलपुरमा पहिलो पटक कोरोनाको संक्रमण देखिनासाथ बन्द भएर खुलेको त्रिवेणी नाका कोरोनाको दोस्रो लहर देखिन थालेपछि पुनः बन्द गरिएको छ ।

कोरोना संक्रमण तीब्र भएको भन्दै नवलपुरका सबै पालिकाहरुले छुट्टाछुट्टै सूचना निकालेर कडाइ गर्ने निर्णय गरेपछि त्रिवेणी नाका बन्द गरिएको हो । भारत जाने र नेपाल आउन चाहने सबैलाई प्रवेश निषेध गरिएको छ । खुला सीमाका कारण हुने अवैध आवत जावत बन्द गरिएको नवलपुर प्रशासनले जनाएको छ ।

केही दिनयता पूर्वी नवलपरासीमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । जिल्लाको मध्यबिन्दु जिल्ला अस्पतालमा पीसीआर परीक्षण गर्दा दैनिक जसो संक्रमित भेटिएको छ ।

नवलपुरमा जिल्ला अस्पताल मध्यबिन्दु अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष र ६ बेडको आइसीयु कक्ष तयारी अवस्थामा राखिएको अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले बताए ।

पूर्वी नवलपरासीमा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ५७ पुगेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए ।

संक्रमितमध्ये २ जना मध्यबिन्दु जिल्ला अस्पतालकै आइसोलेशनमा रहेका छन् भने अन्य सबै होम आइसोलेशनमा रहेका छन् ।

सोमबार बसेको नवलपुर जिल्ला स्तरको विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाभित्रको पालिका स्तरका सबै अस्पताललाई कम्तीमा ५ देखि १० बेडको आइसोलेसन कक्ष तयार गर्न निर्देशन दिएको चापागाईले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ६ : ३४ बजे

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर । बेलका नगरपालिका-१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजदेखि शुक्र अस्त हुँदै, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

काठमाडौं । आज (बुधबार) दिउँसो १ बजेर ४० मिनेटदेखि शुक्र

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा । चाडवाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव

आजको मौसम : हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले

रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार

मुस्ताङ । प्राचीन रेशमी मार्गसँग जोडिएको मुस्ताङको च्याङ्ग्रा व्यापारले पुस्र्तौंदेखि